दशैं बिदाका दिनमा पनि बैंकहरुको काउन्टर खुल्ने, पैसा राख्न-झिक्न मिल्ने, रेमिट्यान्स सेवा पनि

बिजमाण्डू
२०७६ असोज १७ गते ०९:४४ | Oct 4, 2019
दशैं बिदाका दिनमा पनि बैंकहरुको काउन्टर खुल्ने, पैसा राख्न-झिक्न मिल्ने, रेमिट्यान्स सेवा पनि


काठमाडौं। अधिकांस बैंकहरुले दशैं बिदामा पनि बैंकिङ सुविधा प्रदान गर्ने भएका छन। दशैंमा लगातार ५ दिनसम्म सरकारी विदा हुँदा सर्वसाधारण समस्या पर्न सक्ने भन्दै बैंकहरुले यस्तो सुविधा प्रदान गर्ने भएका हुन्। 

Tata
GBIME

बैंकहरुले पैसा राख्ने, झिक्ने, चेक साट्ने र रेमिट्यास सुविधा प्रदान गर्ने छन्। उपत्यका भित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुका शाखा कार्यालय खोल्ने बैंकहरुले जनाएका छन्। विदाको दिनमा काउन्टर खुला भए पनि कर्जा प्रवाहको काम भने हुने छैन। 

बैंकहरुले राजधानीभित्रको ललितपुर, दरबारमार्ग, महारांजगञ्ज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, बानेश्वरका शाखा खोल्ने छन्। 

राजधानी बाहिरको बिर्तामोड, इटहरी, दमक, बिराटनर, धरान, जनकपुर, बीरगञ्ज, नारायणगढ, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, बागलुङ्, कलैया, धनगढी, बनेपालगायतका शाखा कार्यालय खुल्ला राख्नेछन्। सबै बैंकले कुन कुन शाखा खुला राख्ने हुन् त्यसको विवरण आफ्नो वेवसाइटमा राखेका छन्।