चीनमा पनि कार बिक्री घट्यो, सात महिनामा १ करोड ४१ लाख कार बिक्री, विद्युतीय गाडीमा भने आकर्षण

रासस
२०७६ साउन २८ गते १०:५७ | Aug 13, 2019
चीनमा पनि कार बिक्री घट्यो, सात महिनामा १ करोड ४१ लाख कार बिक्री, विद्युतीय गाडीमा भने आकर्षण


Tata
GBIME
Nepal Life

बेइजिङ। चीनमा कार बिक्री दरमा गत बर्षको जुनको तुलनामा यस बर्ष ४.३ प्रतिशतले कमी आएको छ। चिनियाँ कार निर्माण कम्पनी संघका अनुसार यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो।

कार बिक्रीदर यस बर्षको जुनमा कमी आएको संघका महासचिव चेन सिहुआले बताए। “सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार विक्री भएको छ,” चेनले भने।

यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो। चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो। अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ। विद्युतीय उर्जाबाट चल्ने कारको विक्रीमा पनि गत बर्षको तुलनामा यस बर्षको शुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताए।

विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस बर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ।