शिवमका सिईओ साजन देवकोटाले दिए राजीनामा, सिईओको जिम्मेवारी संचालक रघुनन्दन मारुलाई

बिजमाण्डू
२०७६ साउन २६ गते ११:३७ | Aug 11, 2019
शिवमका सिईओ साजन देवकोटाले दिए राजीनामा, सिईओको जिम्मेवारी संचालक रघुनन्दन मारुलाई


Tata
GBIME
NLIC

काठमाडौं।शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत साजन देवकोटाले पदबाट राजीनामा दिएका छन्।कम्पनी सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छ।

देवकोटा उद्योग स्थापनाकालदेखिका कर्मचारी हुन्।उनले गत साउन २१ गते पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृतसँगै रिक्त रहेको पदको जिम्मेवारी हाललाई रघुनन्दन मारुलाई सुम्पिएको कम्पनीले जनाएको छ।मारु कम्पनीका निर्देशक हुन्।मारु जेबी मारु समूहका प्रवन्ध निर्देशक हुन्।

शिवम् नेप्सेमा सूचीकृत उत्पादनमूलक कम्पनी हो।कम्पनीले गतवर्ष प्राथमिक शेयर निष्कासन गरेको थियो। स्थानीय र सर्वसाधारणसहित नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा चार करोड ४० लाख कित्ता शेयर सूचीकृत छन्।