टाटा कार्निभलमा १ सय ३ वटा गाडी बुकिङ, चार दिनसम्म चलेको मेलामा हजार जना सहभागी

बिजमाण्डू
२०७६ साउन २० गते १७:५० | Aug 5, 2019
टाटा कार्निभलमा १ सय ३ वटा गाडी बुकिङ, चार दिनसम्म चलेको मेलामा हजार जना सहभागी


Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गरेको टाटा मोटर्स कार्निभलमा हजार जना भन्दा बढी उपभोक्ताले अवलोकन गरेका छन्।

कम्पनीद्वारा जारी विज्ञप्तिमा मेला अवधिभर १ सय ३ वटा गाडी बुकिङ भएको छ।चार दिनसम्म चलेको मेला उपलब्धीपूर्ण भएको टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए।उनले सुस्ताएको अटोबजारलाई मेलाले जागरुक बनाउको दाबी गरे। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रतिस्पर्धी बजारमा अरु भन्दा फरक र अन्तर्राष्ट्रिय उत्पादन उपभोक्तालाई दिन सफल भएको बताए।

मेलामा एक जना भाग्यशालीले यूरोप भ्रमण, एप्पल मोबाइल र तीन लाख रुपैयाँसम्मको अफर समेत थियो।यो वाहेक एक लाख रुपैयाँसम्मको लोयल्टी बोनश,एक वर्षसम्मलाई सडक कर छुट, डोर प्राइज ब्यांकक भ्रमण, बुकिङमा लक्की ड्रमार्फत ३२ इन्चको टिभी, टेष्ट ड्राइभमा एक जनालाई हुवावेको स्मार्टफोन, दुई जनालाई फिल्मको टिकट र गाडी डेलिभरीमा आकर्षक उपहार राखिएको कम्पनीले जनाएको छ।