आर्थिक संकटबाट जोगिन एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौती गर्ने, संकटबाट जोगिएला?

रासस
२०७६ साउन २० गते १७:२१ | Aug 5, 2019
आर्थिक संकटबाट जोगिन एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौती गर्ने, संकटबाट जोगिएला?

Tata
GBIME

लण्डन। बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने घोषणा गरेको छ।

एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताए।

“हामीले बैंकलाई पुन: संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले भने।

उनले रोजगारी कटौती अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए। बेलायतले यूरोपेली यूनियन (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ।