सिप्रदी ट्रेडिङले पायो प्रतिष्ठित वितरक अवार्ड, अरु दश वटा अवार्ड पनि सिप्रदीकै पोल्टामा

बिजमाण्डू
२०७६ बैशाख १९ गते १३:०७ | May 2, 2019
सिप्रदी ट्रेडिङले पायो प्रतिष्ठित वितरक अवार्ड, अरु दश वटा अवार्ड पनि सिप्रदीकै पोल्टामा

Tata
GBIME

काठमाडौं।सिप्रदी ट्रेडिङले प्रतिष्ठित वर्षको वितरक अवार्ड पाएको छ। टाटा गाडीको नेपालको आधिकारिक वितरक सिप्रदीले हालै दुबईमा भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा यो अवार्ड पाएको हो।

सिप्रदीले पाएको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक भएको जनाएको छ। हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग/अलग विधाका विभिन्न अवार्डको ब्यबस्था गरिएको थियो । बर्षको सर्बश्रेष्ठ वितरकसँगै अरु विभिन्न विधाका दश पुरस्कार पाएको समेत कम्पनीले जनाएको छ।