वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, प्रवन्ध निर्देशक कंसाकारले के गर्लान्?

बिजमाण्डू
२०७५ भदौ ३१ गते २३:२९ | Sep 16, 2018
वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, प्रवन्ध निर्देशक कंसाकारले के गर्लान्?


काठमाडौं।सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललार्इ नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट संचालकमा ल्याएर खरेललार्इ आइतबार कार्यकारी अध्यक्ष बनाइएको हो।उनी निगमका पूर्व प्रवन्ध निर्देशक हुन्।सरकारले निगमको संचालक समिति सदस्यमा पर्यटन सचिव हुने व्यवस्थालार्इ हटाएर खरेललार्इ कार्यकारी अध्यक्षमा ल्याएको हो।

खरेल झापाका हुन्।खरेललार्इ कार्यकारी अध्यक्षमा ल्याउनुको अर्थ प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारलार्इ अप्ठ्यारोमा पार्नु हो।कंसाकारको कार्यकाल ८ महिना बाँकी छ।खरेललार्इ कार्यकारी अध्यक्षमा ल्याउने तयारी भएपछि शनिबार १२ जना निर्देशक र निगमभित्र रहेको तीनवटै कर्मचारी संगठनका अध्यक्षलार्इ एसएमएस गर्दै जोसुकै कार्यकारी अध्यक्ष आएपनि आफूले पदबाट राजीनामा नदिने घोषणा गरेका थिए।

उनले अहिले राजीनामा दिँदा जहाज खरीदमा घोटालाको आरोपलार्इ समेत बल पुग्ने भन्दै राजीनामा नदिने एसएमएसमा उल्लेख गरेका थिए। स्रोतका अनुसार कंसाकारले कार्यकारी अध्यक्ष ल्याउने सरकारको निर्णयको विरुद्ध कानुनी बाटो समेत खोज्ने नजिकका कर्मचारीलार्इ बताएका थिए।तर कानुनी सल्लाहाकारले कार्यकारी अध्यक्ष नबनाएसम्म कुनै स्टेप नचाल्न सुझाब पाएपछि कंसाकार चुप बसेका थिए।सरकारको खरेल ल्याउने निर्णयले निगमका द्धन्द्ध निम्त्याउने देखिन्छ।

कंसाकारले राजीनामा नदिने र खरेल कार्यकारी अध्यक्षको रुपमा काम गर्दा निगममा समस्या आउने निगमका एक अधिकारीले बताए।‘यो निर्णयले निगमलार्इ ठूलो समस्यामा पार्ने देखिएको छ। दुर्इ व्यक्ति कार्यकारी हुँदा कसको कुरा मान्ने भन्ने जटिलता आउँछ’ ती अधिकारीले भने,’निगमको व्यवस्थापकिय सुधार गरेर जानुपर्नेमा सरकारले समस्या थप्ने काम गर्यो।’ रविन्द्र अधिकारी पर्यटनमन्त्री भएर आउनेवित्तिकै कंसाकारलार्इ हटाउन चाहेका थिए।प्रधानमन्त्री केपीशर्मा ओली पनि कंसाकारप्रति सन्तुष्ट नदेखिएपछि अधिकारीलार्इ बल मिल्यो र खरेलका लागि बाटो खुल्यो।'महाप्रबन्धकको माथिमसम्मको नेक्सस् र आफूलाई नटेरेको मन्त्रीको बुझाईले यो परिस्थिती सिर्जना भएको हुन सक्छ,' मन्त्रालयका एक अधिकारीले भने।

तत्कालीन् नेकपा एमालेको कोटाबाट पर्यटन मन्त्री बनेका कृपासुर शेर्पाको पालामा कंसाकारलाई २०७१ जेठ १४ गते ४ वर्षका लागि निगमको महाप्रबन्धक पदमा नियुक्ती दिइएको थियो। ०७० चैतमा खरेलले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त स्थानमा निगमका पूर्व कार्यकारी अध्यक्ष कंसाकार महाप्रबन्धक भएका थिए।

नेपाल वायुसेवा निगम ऐन २०१९ मा निगममा कार्यकारी अध्यक्ष वा प्रबन्धक रहन सक्ने व्यवस्था छ। ऐनको व्यवस्थाअनुसार सञ्चालक समितिको सदस्यमध्येबाट वा योग्यता पुगेका व्यक्तिलाई कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष बनाउन सक्ने व्यवस्था ऐनमा छ।