मर्जरपछि मेगा बैंकको लाभांस संशोधन, १०.७५ प्रतिशत पुग्यो बोनस शेयर, पूँजी १० अर्ब नजिक

बिजमाण्डू
२०७५ जेठ ३० गते १२:३६ | Jun 13, 2018
काठमाडौं। मेगा बैक नेपाल र टुरिजम डेभलपमेन्ट बैक गाभिएपछि पूर्वघोषित लाभांस संशोधन गरिएको छ। 
 
पूर्व घोषित लाभांस खारेज गर्दै नयाँ लाभांस बुधवार घोषणा गरिएको हो। बैकले एकिकृत कारोवारपछि १०.७५ प्रतिशत लाभांस घोषणा गरेको छ। यसअघि मेगा बैकले ९.४५ प्रतिशत वोनस शेयर घोषणा गरेको थियो भने टुरिजम डेभलपमेन्ट बैकले १५ प्रतिशत वोनस शेयर घोषणा गरेको थियो।

Tata
GBIME

बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउँछन्। 

 
टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंक गाभिएपछि चुक्ता पूँजी ९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।