सुन एक महिना यताकै न्युन मूल्यमा, प्रतितोला ५९ हजारको हाराहारीमा कारोवार, अझै घट्ने

बिजमाण्डू
२०६९ कात्तिक १८ गते ००:०० | Nov 3, 2012

काठमाडौं । आउँदो मंसिरमा विवाहको लगन जुरेकाहरुलाई खुसीको खबर छ । केहि महिनायता बढिरहेको सुनको मूल्य अन्तराष्ट्रिय बजारमा शुक्रबार घटेर एक महिनायताकै न्यूनस्तरमा आएको छ । भारतीय बजारमा शुक्रबार सुन प्रतिदशग्राम ४९ हजार तीसय रुपैयाँसम्ममा कारोवार भएको थियो । अमेरीकी डलरको तुलनामा रुपैयाँ मजबुत भएपछि सुन सस्तीएको विष्लेषक बताउँछन् । भारतमा ठुलो चाढमा पर्ने दिपावली र यस भित्रै पर्ने धनतरेसको दिन निजकिँदै जाँदा सुनको मूल्य घटेपछि व्यवसायीहरु उत्साहित भएको बताइन्छ ।
हिन्दु संस्कृतिअनुसार धनतेरसको दिन वहुमूल्य धातु खरिद गर्नु राम्रो मानिने भएकाले यस दिन सुनलगायतका बहुमूल्य धातुको बिक्री उल्लेख्य हुने गरेको छ भने दिपावलीका अवसरमा समेत उपहार स्वरुप सुनको गहना दिने चलन छ । नेपाली बजारमा पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य केहि घटेर प्रतितोला ५९ हजार दुई सय रुपैंयामा कारोवार भएको छ । विहिवार सुन प्रतितोला ५९ हजार तीन सयमा कारोवार भएको थियो ।
विवाहको मूख्य महिना मंसिर लाग्नै लाग्दा सुनको मूल्यमा आएको गिरावटले केहि महिना यता निक्कै कम कारोवार हुने गरेको सुनको कारोवार बढने आशामा नेपाली व्यापारीहरु छन् । यसैगरी सुनको भाउ दिनानुदिन बढदै जाँदा विवाहमा थोरै सुन किनेर कामचलाउने सोच राखेरहरुले पनि मन खोलेर सुन खरिद गर्न सक्नेछन् ।
शनीवार नेपाली बजार बन्द हुने भएकाले अन्तराष्ट्रिय बजारमा देखिएको गिरावटको असर आइतबार मात्रै देखिनेछ । अमेरीकी बजारमा सुनको मुल्य घटेर प्रतिऔंस एक हजार ७१० डलरमा आएको छ । अक्टोबरमा सुनको मूल्य प्रतिऔंस १८ सय डलरसम्म पुगेको थियो । यता अमेरिकी अर्थतन्त्रमा वरोजगारको संख्या घटनुका साथै अन्य परिसूचकहरु समेत सुध्रँदै गएको तथ्यांक सार्वजनिक भएपछि अमेरिकी डलर मजबुत बनेको छ ।
डलर मजबुत बनेसँगै सुनको मूल्यमा थप गिरावट आउने अपेक्षागरिएको छ । आगामि साता अमेरिकी कुलगार्हस्थ उत्पादन सम्बन्धी तथ्यांक सार्वजनिक हुने हुनाले पनि त्यस अघि अमेरिकी डलर मजबुत बनेको हो । यस अघि सार्वजनिक भएका तथ्यांकहरु सकारात्मक भएकाकारण जिडीपीको तथ्यांक पनि राम्रो आउने आशा गरिएको छ ।

Tata
GBIME
Nepal Life



कर्पोरेट टसल: एनबी समूहका पाँच जना कालोसूचीमा, जितबहादुरले एनबीको सञ्चालक छाड्नुपर्ने

बिजमाण्डू
२०६९ कात्तिक १८ गते ००:०० | Nov 3, 2012

काठमाडौं । एनबी बैंक सञ्चालक समिति सदस्य नियुक्त भएको दुर्इ साता निबत्दै एनबी समूहका अध्यक्ष जितबहादुर श्रेष्ठले त्यो पद छाड्नुपर्ने भएको छ । उनी शुक्रवार मात्र नबिल बैंकको सिफारिशमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन् । कालोसूचीमा परेको व्याक्ति ऋण चुक्ता गरेर बाहिर निस्किएको तीन वर्षसम्म पब्लिक कम्पनीको सञ्चालक हुन सक्दैन् ।
श्रेष्ठले एनबी बैंकसँगै एनबी इन्सुरेन्सको अध्यक्ष पद पनि छाड्नुपर्छ । एनबी इन्सुरेन्समा जितबहादुर श्रेष्ठले मात्र नभएर लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठले पनि सञ्चालक पद छाड्नुपर्दछ । यी तीनै जनालार्इ शुक्रवार नबिलको सिफारिशमा कालोसूचीमा राखिएको हो ।
नबिल बैंकका अध्यक्ष तथा पूर्वगभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलार्इ एनसीसी बैंकले कालोसूचीमा राखेपछि नबिल बैंक र एनबी समूहका दुइ बैंक एनबी र एनसीसीवीच ‘कर्पोरेट टसल’ उत्कर्षमा पुगेको थियो । एनबी बैंकले नबिलका अध्यक्षलाई कर्जा सूचना केन्द्रको कालोसुचीमा राख्न सिफारिश गरेपछि नबिलले पनि एनबी समूहका सञ्चालकहरुलाई ऋण तिर्न आउने सूचना दुर्इ महिना अघि जारी गरेको थियो ।
एमी फर्मास्युटिकल्सका लागि नबिलका अध्यक्ष तथा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले एनबी र एनसीसी बैंकबाट ऋण लिएका थिए । एनबी बैंकले डेढ महिना अघि श्रेष्ठलाई कर्जा तिर्न आउन सूचना जारी गरेको थियो । श्रेष्ठले ऋण नतिरेपछि उनी एनबी बैंकको सिफारिशमा कालोसूचीमा छन् ।
एनबीको सिफारिशमा कालोसूचीमा पर्नु केही दिन अघि मात्रै श्रेष्ठलाई कर्जा तिर्न आउन एनबी समूहको प्रवद्र्धनमा रहेको अर्को बैंक एनसीसीले पनि सूचना जारी गरेको थियो । कालोसूचीमा परेपछि श्रेष्ठले नबिल बैंकको साधरणासभाभन्दा केही दिन अघिमात्रै बैंकको अध्यक्ष छाडेका थिए ।

नबिलको सिफारिशमा कालोसूचीमा परेका लक्ष्मीबहादुर श्रेष्ठ, जेन श्रेष्ठ र जितबहादुर श्रेष्ठ

Tata
GBIME
Nepal Life

आफ्नो अध्यक्षलाई कालोसूचीमा राखेको पाचौं दिन नबिल बैंकले एनबी समूहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, अनारदेवी श्रेष्ठ, जेन श्रेष्ठ र जितबहादुर श्रेष्ठलाई कर्जा तिर्न आउन ३५ दिने सूचना जारी गरेको थियो । नबिलले बैंकको सम्पूर्ण साँवा, व्याज, हर्जाना व्याज ३५ दिन भित्र चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न सिफारिश गर्ने चेतावनी दिएको थियो ।
नबिल बैंकबाट एनबी समूहले सानेपामा सञ्चालित काठमाडौं रिक्रियशन सेन्टर, सुन्धारामा भएको साँग्रीला इन्भेष्टमेन्ट प्रा।ली।, सिद्धि गणेश इन्भेष्टमेन्ट प्रा।ली। र जेन श्रेष्ठले ऋण लिएका छन् । काठमाडौं रिक्रियशन लक्ष्मीबहादुर श्रेष्ठको नाममा छ भने साँग्रीला इन्भेष्टमेन्ट पूर्णबहादुर श्रेष्ठ, सिद्धि गणेश इन्भेष्टमेन्ट जीतबहादुर श्रेष्ठकी श्रीमती अनारदेवी श्रेष्ठको नाममा छ । जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठले बैंकबाट व्याक्तिगत ऋण लिएका हुन् ।
लक्ष्मीबहादुर श्रेष्ठ केही समयअघिसम्म एनबी बैंकमा सञ्चालक थिए भने जितबहादुर श्रेष्ठ केही दिन अघिसम्म एनसीसी बैंकमा सञ्चालक थिए । उनले दुर्इ साता अघि मात्र समूहले नै नियुक्त गरेका राष्ट्र बैंकका पूर्व सञ्चालक शम्भूशरण कायस्थलार्इ अध्यक्षबाट हटाएर एनबीको सञ्चालक बनेका थिए ।
लक्ष्मीबहादुर श्रेष्ठ भने एनबी बैंकबाट ललितपुरको पद्या सिनेमा हल लिलामी गर्दा कम मूल्यमा आफैले किनेपछि राष्ट्र बैंकको कारवाहीमा परेपछि एनबी बैंक छाडेका थिए । लक्ष्मीबहादुरसहित दुई जनाबाट पाँच लाख रुपैयाँ जरिवाना र ४७ लाख रुपैयाँको बिगो भराउने राष्ट्र बैंकको निर्णयपछि उनी त्यहाँको सञ्चालकबाट हटेका थिए।
नबिल बैंकले कर्जा चुक्ता नगरेका कारणा श्रेष्ठ परिवारसँग भएको काठमाडौं रिक्रियशन सेन्टर ललितपुरमा रहेको १२ रोपनी सात आनामा बनेको घरजग्गा, जितबहादुरको नाममा ललितपुर ठैबमा रहेको दुई रोपनी १४ आना पूर्णबहादुर श्रेष्ठको नाममा काठमाडौं ११ मा रहेको तीन आना जग्गामा बनेको घरजग्गा लिलाम गर्ने भएको छ ।
कहाँबाट सुरु भयो ‘टसल’
अनिल शाह मेगा बैंक पुगेपछि अमृतचरण श्रेष्ठलाई नबिल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । नबिल व्यवस्थापनले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृत नबनाएर ग्लोबल बैंकबाट अनिल ज्ञवालीलाई ल्याएपछि ‘टसल’ बढ्न थाल्यो । एनबी समूहसँग नजिक रहेर काम गरेका अमृतचरणले नबिल बैंकबाट राजिनामा दिएर एनबी समूहको प्रवद्र्धनमा रहेको एनसीसी बैंकको प्रमुख कार्यकारी हुन पुगे । एनबी समूहले नबिलबाट लिएको सबै ऋण अमृतचरणको स्वीकृतीमा पाएको थियो । अनिल शाह एक महिनाका लागि अमेरिका गएको बेला कामु बनाइएका अमृतचरणले एनबी समूहको प्रवद्र्धनमा रहेको हरिसिद्धि बात्रा मेडिकल कलेज, काठमाडौं रिक्रियशन लगायतका कम्पनीलाई ४० करोडभन्दा बढीको ऋण दिएका थिए । अमृतचरण बाहिरिएपछि र अनिल ज्ञवाली नबिलमा छिरेपछि हरिसिद्धि बात्रा मेडिकल कलेजका लागि गएको ऋण चुक्ता नभएपछि नबिलले त्यसका सञ्चालकलाई ऋण तिर्न आउन सूचना जारी गर्यो ।
ऋण चुक्ता नभएपछि नबिल बैंकले मेडिकल कलेजका सञ्चालकहरु प्रदिपमान वैद्य, अशोक बाँस्कोटा लगायतलाई कालोसूचीमा राख्यो । उनीहरु कालोसूचीमा परे लगत्तै एनबी बैंकले नबिल अध्यक्ष श्रेष्ठलाई कर्जा तिन आउन सूचना जारी गर्यो । उनले ऋण चुक्ता नगरेपछि कालोसूचीमा परे भने अमृतचरण प्रमुख कार्यकारी अधिकृत भएको एनसीसी बैंकले पनि नबिल अध्यक्षलाई कर्जा तिर्न आउन सूचना जारी गरेको छ ।
एनबी सञ्चालकवीच किचलो
नेपाल बंगलादेश ९एनबी० बैंकको सञ्चालक समितिमा फेरी किचलो सुरु भएको छ । सञ्चालक समितिको बैठकले डेढ महिना अघि मात्र नियुक्त गरिएका शम्भुरण कायस्थलाई अध्यक्षबाट हटाएर जितबहादुर श्रेष्ठलाई नयाँ सञ्चालक नियुक्त भएपछि किचलो सुरू भएको थियो । जितबहादुर श्रेष्ठ एनबी बैंकमा कायस्थ अघिका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका दाजु हुन ।
राष्ट्र बैंकको सञ्चालक रहँदा समेत एनबी समूहका लागि काम गरेका कायस्थलाई एनबी बैंकबाट जर्बजस्ती गल्हत्याइएको हो । उनलाई अध्यक्षबाट हटाइएको निर्णय सञ्चालक समितिले माइन्युटिङ गरे पनि सार्वजनिक भने गरिएको थिएन । असोज २७ गते बसेको सञ्चालक समितिले कायस्थलाई हटाएको हो  । कायस्थसँगै विशेषज्ञ सञ्चालकका रुपमा नियुक्त अच्युतप्रसाद वजगाईंलाई पनि हटाइएको थियो ।

कालोसूचीमा परेका जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा एनसिसि बैंकका भोजमा (फाइल तस्वीर)

कायस्थको स्थानमा जितबहादुर श्रेष्ठलाई नियुक्त गरिएको छ भने बजगाईंको स्थानमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । कायस्थ राष्ट्र बैकको सञ्चालकको पदावदी ८ साउनमा सकिएपछि एनबी बैंकको अध्यक्ष भएका थिए । राष्ट्र बैंक छाडेको एक महिना भित्रै एनबी समूहको तर्फबाट बैक सञ्चालक समितिमा नियुक्त भएपछि कायस्थको आलोचना समेत भएको थियो ।
सुरुमा २१ भदौमा बसेको बैक सञ्चालक समितिको २१२ औ बैठकले कायस्थलाई हटाउने निर्णय गरेको थियो । त्यतिवेला बैठकको अध्यक्षता  बंगलादेशी सञ्चालक मुहमद लुफ्तर रहमानले गरेको बताए पनि निर्णय पुस्तिकामा उनको हस्ताक्षर छैन । फेरी त्यही २१२ औ बैठक २७ असोजमा राखेर कायस्थ र विशेषज्ञ सञ्चालक अच्युतप्रसाद वजगाईंलाई हटाइएको हो । बैकले बजगाईं र कायस्थलाई डेढ महिना अघि भदौ दोस्रो साता सञ्चालकमा नियुक्त गरेको थियो । कायस्थ र बजगाईलाई हटाएर श्रेष्ठ र पाण्डेलाई नियुक्त गर्ने बैठक फरक फरक बसेपनि बैठकको नम्वर भने एकै छ ।
२१ भदौमा बसेको बैठकमा विष्णुराज अधिकारी, इन्द्रबहादुर थापा र मुकुन्दनाथ ढुंगेल तीन जना उपस्थित थिए । उनीहरुले कायस्थलाई हटाइएको निर्णय गरे पनि माइन्युटमा हस्ताक्षर भने गरेका छैनन् । ढुंगेल र बजगाईलाई नियुक्त गर्न सञ्चालक समितिको निर्णयमा पनि तत्कालिन अध्यक्ष कायस्थले हस्ताक्षर गरेका छैनन् । २७ गतेको सञ्चालक समितिको बैठकको निर्णय कायस्थले माग्दा बैकले अदालत गएर माग्न सुझाव दिएको थियो । सञ्चालक विष्णु अधिकारी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि उनको स्थान अहिले खाली छ ।
श्रेष्ठ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि एनबीमा अब बंगलादेशी साझेदार अध्यक्ष बन्ने सम्भावना छ । त्यसैगरी एनबी समूहको सेयर पनि बंगलादेशी सञ्चालकले किन्ने भएका छन् । एनबीको सेयर बंगलादेशी साझेदारलार्इ विक्रि गर्ने प्रस्ताव कानून मन्त्रालय हुँदै फेरी राष्ट्र बैंक पुगेको छ ।