कर्जा दुरुपयोग गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको प्रधानलाई सूचना, कालोसूचीमा राख्ने चेतावनी

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012

काठमाडौं । सेयर बजारका एक ठूला खेलाडी राकेश अडुकिया अहिले समास्यामा छन्, अब पालो अर्का खेलाडी निर्मल प्रधानको आएको छ । प्रधानमाथि जुन प्रयोजनका लागि कर्जा लगिएको हो, त्यो कर्जा हिनामिना र दुरुपयोग भएको भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकले सूचना जारी गरेको छ । कर्जाको हिनामिना तथा दुरुपयोग भए बैकिङ्ग कसुर तथा सँजाय ऐन अनुसार कारवाही हुन्छ ।
बैकिङ्ग कसुरमा आरोपीलाई पक्राउ गरि छानविन गर्नेसम्मको अधिकार प्रहरीलाई हुन्छ । यसको पछिल्लो उदाहरण क्रिष्टल फाइनान्सका प्रवद्र्धक दिव्यकुमार श्रेष्ठ, उनकी श्रीमती र छोरी हुन् । ४४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोप लागेपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा श्रेष्ठलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ । इन्भेष्टमेन्ट बैंकले बाबा हाउजिङ डेभलपमेन्ट प्रा.ली.का लागि दिएको ऋण निर्मल प्रधानले अन्य प्रयोजनमा खर्च गरेको आरोप लगाइएको छ ।
बैंकले कम्पनीलाई गएको सम्पूर्ण ऋण र त्यसको व्याज ३५ दिन भित्र चुक्ता नगरे बाबा हाउजिङका सञ्चालक निर्मल प्रधान, प्रधानकी श्रीमती रुकमणी प्रधान, छोरा निश्चल प्रधान, निषेश प्रधान र नितेश प्रधानलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने चेतावनी पनि दिएको छ । बैंक स्रोतका अनुसार प्रधानले इन्भेष्टमेन्ट बैंकबाट बाबा हाउजिङका लागि लिएको ऋण उनले सेयर बजारमा लगाएका छन् । स्रोत भन्छ, प्रधानलाई अहिले लिक्वीडिटीको ठूलो समस्या छ । उनले सेयर बजारबाट किनेको सेयरको पैसा भुक्तानी गरेका छैनन् भने एक दर्जनभन्दा बढी बैंकको व्याज समेत चुक्ता गरेका छैनन् ।
प्रधानले बैकिङ्ग सेक्टरबाट पाँच अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन् । उनले इन्भेष्टमेन्ट बैंकबाहेक पनि कुमारी, ग्रान्ड, प्राइम बैंकबाट ऋण लिएका छन्, त्यसैगरी आफै प्रवद्र्धक रहेको सोसल डेभलपमेन्ट बैंक, युनियन फाइनान्स, ज्योती विकास बैंकबाट पनि करोडौं रुपैयाँ ऋण लिएका छन् । प्रधानले सेयर कारोवार गर्नका लागि राजधानी इन्भेष्टमेन्ट फण्ड स्टक मार्केट लिमिटेड, स्टक मार्केट प्रा.ली, बाबा इन्भेष्टमेनट कम्पनी लगायत एक दर्जनभन्दा बढी कम्पनी स्थापना गरेका छन् ।
त्यसैगरी उनले बाबा हाउजिङ्ग लगायतका रियलस्टेट परियोजनामा पनि लगानी गरेका छन् । प्रधानसँग अधिकांश ठूला साना बैंक, वित्तीय संस्था र पब्लिक लिमिटेड कम्पनीको सेयर छ । जुन सेयरलाई धितोमा राखेर उनले मार्जिन लेण्डिङ्ग गरेका छन् ।

Tata
GBIME
Nepal Life