फ्यान्टाको फनमान्डू कार्यक्रम पोखरा, बुटवल र काठमाडौंमा आयोजना गरिंदै

बिजमाण्डू
२०६९ माघ ३ गते ००:०० | Jan 16, 2013
फ्यान्टाको फनमान्डू कार्यक्रम पोखरा, बुटवल र काठमाडौंमा आयोजना गरिंदै

काठमाडौं । फ्यान्टाले सञ्चालन गरेको फ्यान्टा फनमान्डु कार्यक्रम माघभित्र पोखरा, बुटवल र काठमाडौंमा हुने भएको छ । कम्पनीका अनुसार १५ र १६ गते पोखरामा, २२ र २३ गते बुटवलमा र १८,१९ र २० गते काठमाडौंमा कार्यक्रम हुनेछ । यो कार्यक्रममा विभिन्न खेलमा सहभागी हुन पाइनेछ । यस्तै विगतमा मिस नेपालहरुले सञ्चालन गर्ने विशेष सत्रमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी हुनेहरुको फोटो अनलाइनमा पोस्ट गरिने र सबैभन्दा बढी भोट पाउनेलाई फ्यान्टा फन एम्बेसडर बनाइने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life