बजारमा सोमबार पनि पहिरो, १६८५ अंकसम्म आयो, ध्रुव तिमिल्सिना भन्छन्- उपयुक्त बेलामा किन्छौं

बिजमाण्डू
२०७३ साउन ३१ गते ००:०० | Aug 15, 2016
बजारमा सोमबार पनि पहिरो, १६८५ अंकसम्म आयो, ध्रुव तिमिल्सिना भन्छन्- उपयुक्त बेलामा किन्छौं

Tata
GBIME
Nepal Life

काठमाडौं । १६८५ अंकसम्म झरेको सेयर बजार १६९४.८१ अंकमा बन्द भएको छ । सुरुदेखि नै घटेको सेयर बजार ३९.१२ अंकले पहिरो गएर बन्द  भएको छ ।
 
ब्रोकरहरुका अनुसार बजार फराकिलो अन्तरले घट्न थालेपछि लगानीकर्ताहरु बिक्रि गर्ने मुडमा धेरै छन् । बजारको घट्ने ट्रेन्ड सुरु भएको भन्ने विश्लेषणहरु सार्वजनिक भइरहेका बेला लगानीकर्ताहरु हतोत्साहित देखिएका छन् ।
 

घट्न थाल्यो भनेर एकै पटक धेरै सेयर किन्न सकिँदैन । किन्दै नकिन्ने र बेच्ने मात्रै भन्ने पनि होइन । घट्दो बजारमा पनि केही कम्पनीका सेयरहरु किन्दा घाटा नहुने खालका छन् । वोनस, हकप्रद घोषणा गरेका संस्थाहरुको सेयर किन्दा घाटा लाग्दैन । 'कोषहरुले यस्ता कम्पनीको सेयर किन्छन् र किनिरहेका छन् ।

सबै सुचकहरु रातो भएका छन् । वित्तीय क्षेत्रले बजारलाई सपोर्ट नगर्दा पहिरो जान थालेको हो । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले राम्रो बार्षिक विवरणहरु सार्वजनिक गरिरहँदासमेत बजार घट्न थालेकाले १८८१ नै उच्चतम बिन्दु भएको विश्लेषणहरु सार्वजनिक हुन थालेका हुन् ।
 
बिमा समूह २३४.२८ अंक, बाणिज्य बैंक  ४०.८८ अंक, होटल साढे ७६ अंक, विकास बैंक ३८, जलविद्युत साढे ४९, फाइनान्स तीन र अन्य साढे नौं अंकले झरेको छ ।
 
बजारमा म्युचुअल फन्ड कम्पनीहरुले सेयर बिक्री गरिरहेको चर्चासमेत चलेको छ । यही चर्चाले बजार थप घट्ने विश्लेषणलाई बल दिएको हो ।
 
'हामी विश्लेषण गरेर उपयुक्त समयमा सेयर किन्छौं, सेयर बजार अहिले घट्दो क्रममा छ,' सिद्धार्थ क्यापिटलका प्रमुका कार्यकारी अधिकृत ध्रुवकुमार तिमिल्सिनाले भने, 'घट्न थाल्यो भनेर एकै पटक धेरै सेयर किन्न सकिँदैन । किन्दै नकिन्ने र बेच्ने मात्रै भन्ने पनि होइन ।'
 
उनका अनुसार, घट्दो बजारमा पनि केही कम्पनीका सेयरहरु किन्दा घाटा नहुने खालका छन् । वोनस, हकप्रद घोषणा गरेका संस्थाहरुको सेयर किन्दा घाटा लाग्दैन । 'कोषहरुले यस्ता कम्पनीको सेयर किन्छन् र किनिरहेका छन्' उनले भने ।
 
बजार ओरालो लाग्न थालेपछि कारोबारमा सुस्तता पनि आएको छ । दिनभरीमा १४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा वढि एनबी बैंकको नौं करोड ३४ लाख रुपैयाँको किनबेच भएको छ । एभरेष्ट बैंकको पाँच करोड ६२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक चार करोड ९४ लाख र नेपाल बैंक चार करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
भर्खरै सेयर कारोबार फुकुवा भएको हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको नौं प्रतिशतभन्दा वढिले सेयर मूल्य बढेको छ । बढि घट्नेमा  नेपाल ग्रामिण विकास बैंक, रिडि हाइड्रोपावरलगायत छन् ।