मनकामना विकास बैंकले सुरु गर्यो मोवाइल मनी, मोवाइल वालेटका रुपमा प्रयोग गर्न सकिने

बिजमाण्डू
२०६९ माघ २ गते ००:०० | Jan 15, 2013
मनकामना विकास बैंकले सुरु गर्यो मोवाइल मनी, मोवाइल वालेटका रुपमा प्रयोग गर्न सकिने


काठमाडौं । मनकामना डेभलप्मपेन्ट बैंकले मनकामना मोबाइल मनी सेवा सुरु गरेको छ । नेपाल  भर यस किसिमको सेवाको परिचय दिने मनाकामना पहिलो डेभलप्मपेन्ट बैंक भएको कम्पनीले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ । मनकामना मोबाइल मनीलाई ग्राहकहरुले मोबाइल वालेटको प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस सेवाले  ग्राहकको सुविधामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने र  बैंकको नारा ‘एक्सेप्सनल बैंकिङ्ग’लाई सफल पार्न थप माध्यम हुने विश्वास गरेको छ ।
अब ग्राहकले मोबाइलको प्रयोगबाट सजिलै आफनो खाताको विवरण र कारोवार गर्न सक्नेछन् । जम्मा र भुक्तानी दुबै कार्य मोबाइलबाटै गर्न सकिने, यसका साथसाथै बिजुली, पानी, टेलिफोनको शुल्क तिर्न, रकमानान्तर गर्न ,मोबाइल रिचार्ज आदि पनि यसबाट गर्न सकिने बैंकले जानकारी दिएको छ । यो सेवा बैंकका १४ वटै शाखामा उपलब्ध हुने पनि बैंकले मंगलवार  जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life