इन्भेष्टमेन्टको ३१० प्रतिशत बढेर प्रवद्र्धक सेयरको कारोवार, गुँरास र सिद्धार्थको बोनस सेयर

बिजमाण्डू
२०६९ पुष २९ गते ००:०० | Jan 13, 2013

काठमाडौं । बजारलाई चलायमान बनाउन आइतवार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धक सेयरको कारोवार भएको छ । यसअघिको कारोवार प्रतिकित्ता १७१ रुपैयाँमा भएकोमा आइतवार ३१० प्रतिशतले वृद्धि भएर इन्भेष्टमेन्टको प्रवद्र्धक सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोवार भयो । आइतवार इन्भेष्टमेन्टको एकै दिन २३९ रुपैयाँले सेयर मूल्य बढेको हो । इन्भेष्टमेन्टको प्रवद्र्धक सेयरको आइतवार एउटा मात्र कारोवार भएको थियो । एउटा कारोवारमा जम्मा एक सय कित्ता सेयरको कारोवार भएको छ । यो कारोवार इन्भेष्टमेन्टको प्रवद्र्धक सेयरलाई चलयमान बनाउन गरिएको हो, सम्वद्ध स्रोतले भन्यो ।
गुराँस लाइफको बोनस
गुराँस लाइफ इन्सुरेन्सले सेयरधनीलाई साढे छ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्सुरेन्स सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृती र साधरणसभाको अनुमतिमा वितरण हुनेछ । नेपाल स्टक एक्सचेञ्जमा गुँरास लाइफको ३६ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । साढे छ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि बीमा समितिले तोकेको ५० करोड रुपैयाँको चुक्ता पुँजी पु¥याउन इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । लाभांस वितरण गर्ने निर्णयपछि इन्सुरेन्सको सेयर मूल्य छ रुपैयाँले घटेको छ । यसअघि प्रतिकित्ता १५७ रुपैयाँमा कारोवार हुँदै आएको इन्सुरेन्सको सेयर आइतवार प्रतिकित्ता १४९ रुपैयाँमा कारोवार भयो । आइतवार प्रतिशतका आधारमा सबैभन्दा बढी गुमाउन पनि गुराँसका सेयरधनी रहे ।
सिद्धार्थ फाइनान्सको बोनस सेयर
सिद्धार्थ फाइनान्सले सेयरधनीलाई १७.२० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंकको अनुमति र साधरणसभाको स्वीकृतीमा वितरण हुनेछ । फाइनान्सको नेपाल स्टकमा १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर सूचीकृत छन् । बोनस सेयर वितरणको निर्णयपछि आइतवार फाइनान्सको सेयर बढेर कारोवार भयो । यसअघि प्रतिकित्ता १२६ रुपैयाँमा कारोवार हुँदै आएकोमा आइतवार बढेर छ रुपैयाँ बढेर प्रतिकित्ता १३२ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life