फेरी रुपैंया बलियो भयो, सुन तोलाको एक सयले सस्तो, चाँदीको चमक फर्कियो

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012
फेरी रुपैंया बलियो भयो, सुन तोलाको एक सयले सस्तो, चाँदीको चमक फर्कियो

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैंया बलियो हुने क्रमले शुक्रबार पनि निरन्तरता पाए पछि सुन सस्तिएको छ । विहिवारको तुलनामा शुक्रबार नेपाली बजारमा सुन प्रति तोला एक सय रुपैंया घटेर ५५ हजार ७ सयमा कारोबार भयो । सुनको मूल्य घटदा चाँदीमा भने त्यसको असर देखिएन । सुक्रबार चाँदी विहिबारको तुलनामा प्रति तोला ५ रुपैंयाले बढेर ८ सय ६६ मा कारोबार भएको हो ।
भारतीय रुपैंया बलियो हुने क्रमले शुक्रबार पनि निरन्तरता पाएको हुनाले आईतबार नेपाली बजारमा सुनको मूल्य थप घटने अनुमान गर्न सकिन्छ । रुपैंया बलियो बन्दै गएपछि भारतमा समेत सुनको मूल्य घटेको छ । अत्याधिक मूल्यका कारण माग न्यून भईरहेको अवस्थामा सुनको मूल्य भारु २८ हजार ५०० को नजिक आए पनि माग बढ्ने आशा बिक्रेताहरुमा रहेको रोयटर्सले जनाएको छ ।
रुपैंया बलियो
भारतीय रुपैंया अमेरिकी डलरको तुलनामा बलियो बनेपछि शुक्रबार नेपाली मुद्रा समेत बलियो बन्यो । शुक्रबारका लागि अमेरिकी डलरको बिक्री दर ८९.४५ तोकेकोमा वाणिज्य बैंकहरुले ८९.२० सम्म झरेर कारोबार गरेका छन् । शुक्रबारको कारोबारमा डलरको तुलनामा भारु बलियो भएपछि बाणिज्य बैंकहरुले रुपैंयाको मूल्य बढाएका हुन । भारतीय बजारमा विहिबार ५५.९३ मा कारोबार भएको रुपैंया दिउँसो चार बजे ५५.३८ मा कारोबार भएको थियो ।

Tata
GBIME
Nepal Life