आयरल्याण्डका बसमा नेपाल जाउँको विज्ञापन, पाँच हजार युरो खर्च हुँदै

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012

काठमाडौं । आयरल्याण्डको राजधानी डब्लिनका बसहरुमा नेपाल घुम्न जान प्रेरित गर्ने प्रचार सामग्रीहरु अब केहि दिनमा देख्न पाइने भएको छ । ५० वटा बसहरुमा राखिने ब्यानर डाब्लिनका प्रमुख रूटहरुमा गुड्ने बसहरूमा राखिदैछ । नेपाली राजदुतावास, लण्डन ले नेपाल आयरल्याण्ड समाजको सहयोगमा यो कार्य गर्दै छ ।
आयरल्याण्डमा यसरी नेपाल सम्बन्धी प्रचार गर्ने लागिएको पहिलो पटक हो, र हामी निकै उत्साही छौ", समाजका अध्यक्ष दिपेशमान शाक्यले भने । यसले पक्कै पनि नेपालमा आइरिश पर्यटक भित्राउन पक्कै सहयोग पुर्याउदछ, उनले भने । बसहरुमा राखिने प्रचार सामग्री दुई हप्ताको लागि चल्ने छ । करिब ५ हजार युरोमा यो प्रचार अभियान गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life