राष्ट्रपतिसँग माओवादी अध्यक्ष प्रचण्डको भेट, चौथो पटकको समयसीमाभन्दा पहिले सहमति गर्ने दावी

बिजमाण्डू
२०६९ पुष १ गते ००:०० | Dec 16, 2012
राष्ट्रपतिसँग माओवादी अध्यक्ष प्रचण्डको भेट, चौथो पटकको समयसीमाभन्दा पहिले सहमति गर्ने दावी


काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले दलहरूबीच सोमवारसम्ममा राजनीतिक सहमति हुने दावी गरेका छन् । आइतवार बिहान राष्ट्र«पति डा रामवरण यादवसँग राष्ट्र«पति भवन शीतल निवासमा भएको भेटपछि  प्रचण्डले सोमबार साँझसम्म राजनीतिक सहमति जुट्ने बताएका हुन् ।
राष्ट्र«पति डा यादवले सहमतिको सरकारका गठन गर्न दिएको चौथो पटकको समयसिमा पनि भोली साँझ नै समाप्त हुँदैछ । भेटमा अध्यक्ष दाहालले नेपाली काँग्रेस, नेकपा (एमाले), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य दलसँग भएको छलफलका विषयमा राष्ट्र«पति डा यादवलाई जानकारी गराएका थिए । आइतवार बिहान राष्ट्र«पति डा यादव र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच पनि छलफल भएको थियो ।
शनिवार पनि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनाल, काँग्रेस सभापति शुसिल कोइरालासँग भेट गरेका थिए । दलहरुवीच बाबुराम भट्टराई नेतृत्वको सहमतीय सरकारले निर्वाचन तयारी गर्ने र निर्वाचनको जिम्मा काँग्रेस सभापति शुसिल कोइरालाईलाई प्रधानमन्त्री बनाएर दिने विषयमा छलफल भैरहेको छ ।

Tata
GBIME
Nepal Life