काठमाडौं । बुटवल फाइनान्स, एल्पीक एभरेष्ट फाइनान्स र सिएमवि फाइनान्स मर्ज भएर सिनर्जी फाइनान्सको नामबाट विहिवारदेखि कारोबार सुरु भएको छ । यो फाइनान्सको कर्पोरेट कार्यालय कमलादीमा रहेको छ भने केन्द्रीय कार्यालय भने मिलनचोक बुटवलमा छ । कम्पनीले सेवालाई परिस्कृत गर्दै उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत गरेको छ ।
