ङादी ग्रुप पावर लिमिटेडले करिव नौं लाख ७४ हजार कित्ता सेयर २१ गतेबाट निस्कासन गर्दै, कति पर्ला?

बिजमाण्डू
२०७२ चैत्र १२ गते ००:०० | Mar 25, 2016
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि नौं लाख ७३ हजार ७३७ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरहरु चैत २१ गतेबाट निस्कासन गर्न लागेको हो ।
 
इक्रा नेपालबाट ग्रेड-४ प्लस रेटिङ पाएको कम्पनीको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।
 
कम्पनीले निस्कासन गर्न लागेको कुल सेयरमध्ये १९४७४ कित्ता कर्मचारी र ४८ हजार ६८६ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । सर्वसाधारणले नौं लाख पाँच हजार ५७७ कित्ताका लागि मात्र आवेदन दिन पाउँछन् ।
 
कम्पनीले गत कात्तिक ३० गते आयोजना प्रभावित जिल्लाका बासिन्दालाई सेयर निस्कासन गरेको थियो । कम्पनीले स्थानीयलाई चार लाख ८६ हजार ८६८ कित्ता सेयर जारी गरेको थियो ।

Tata
GBIME
NLIC

स्थानीयलाई सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणलाई विक्री गरेपछि पुँजी  ४८ करोड ६८ लाख रुपैयाँ पुग्ने छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छ ।
 
 
कम्पनीमा संस्थापकहरुको ७० प्रतिशत लगानी छ । १० प्रतिशत आयोजना प्रभावितमा सेयर छ भने २० प्रतिशत आमसर्वसाधारणमा सेयर दिन लागेको हो । कम्पनीको अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईँ हुन् । संस्थापक सेयरधनी ९२ जना छन् ।
 
 
लमजुङको भुलभुले तथा वाहुन डाँडा गाविसमा रहेको सिउरी खोलाबाट पाँच मेगावाट विजुली उत्पादन गर्दैछ । कम्पनीको सेयरका लागि आवेदन फारमा एनआइबिएल क्यापिटलका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरुमा पाइन्छ ।
 
ङादीको अनामनगर कार्यालयका साथै भिवोर क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकर, गुहेश्वरी मर्चेन्ट, एपेक्स डेभलपमेन्ट बैक, सिनर्जी फाइनान्स, काठमाडौं फाइनान्स, साझा विकास बैंक र अरनिको विकास बैंकबाट पनि आवेदन फारम लिन सकिन्छ ।