
काठमाडौ । सोमवार सुन तोलामा एक सय पचास रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमवारका लागि छापावाला सुन प्रति तोलाको ५९ हजार ६५० रुपैयाँ तोकेको छ । साताको पहिलो दिन सुन तोलामा एक हजार रुपैयाले घटेर प्रति तोलाको ५९ हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो । सोमवार चाँदी तोलामा एघार रुपैयाँले बढेर प्रति तोलाको १२ सय रुपैयाँमा कारोवार भएको छ । आइतवार चाँदी प्रति तोलामा २४ रुपैयाँले घटेर कारोवार भएको थियो ।