टेलिकमले दिएको १० प्रतिशत बोनस दुई महिना भित्रै प्रयोग गर्नुपर्ने

बिजमाण्डू
२०६९ मंसिर ५ गते ००:०० | Nov 20, 2012
टेलिकमले दिएको १० प्रतिशत बोनस दुई महिना भित्रै प्रयोग गर्नुपर्ने

काठमाडौं । नेपाल टेलिकमले दसै, तिहार र छठको अवसरमा दिएको बोनस आज दिएको छ । यो अवधिभर प्रिपेड मोबाइलमा रिचार्ज गर्ने उपभोक्तालाई १० प्रतिशत अतिरिक्त बोनस दिने योजना टेलिकमले ल्याएको थियो । कम्पनीले मंगलबार सूचना जारी गर्दै बोनस रकम दिइएको र बोनस रकम दुई महिनाभित्रै उपयोग गर्नुपर्ने उल्लेख गरेको छ । कम्पनीका अनुसार कल गर्दा सुरुमा बोनसवापतको रकम कट्टा हुँदै जाने त्यसपछि मात्रै आफुले राखेको रकम काट्निेछ ।

Tata
GBIME
Nepal Life