एनसिसि बैंकको पहिलो त्रैमासमा नाफा दोब्बरले बढ्यो, असोज मसान्तसम्म पाँच करोड

बिजमाण्डू
२०६९ कात्तिक २३ गते ००:०० | Nov 8, 2012

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले पहिलो त्रैमासमा नाफा दोब्बरभन्दा वढीले बढाएको छ । बैंकले १ सय १५ प्रतिशतभन्दा वढीले नाफा वृद्धि गरेको हो । असोज मसान्तको त्रैमासमा बैंकले ४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।
बैंकले गत वर्ष डुबेको ऋणमध्ये ४ करोड ३२ लाख रुपैयाँ उठाएकाले नाफा बढको हो । अघिल्लो बर्ष बैंकले जम्मा ४३ लाख रुपैयाँ डुबेको ऋण उठाएको थियो । डुवेको ऋण उठाएको कारण बैंकको खराव कर्जा पनि घटेको छ । गत वर्ष असोजमा ४.११ प्रतिशत रहेको खराव कर्जा अहिले घटेर ३.१३ प्रतिशतमा आएको छ ।
बैंकको यस पटक नोक्सानी व्यवस्थाको रकमसमेत सात गुणाले वढेको छ । लगानी भएको ऋणमा व्याज नआएका कारण नोक्सानी व्यवस्थाको रकम बढेको हो । नोक्सानी व्यवस्थाको रकम ७३३ प्रतिशतले वढेर १३ करोड ५७ लाख रुपैयाँमा पुगेको छ ।
बैंकको ६१ प्रतिशतले ऋण वढेको छ । बैंकको कुल ऋण १४ अर्ब ६५ करोड पुगे पनि रियलस्टेट कर्जा भने साढे २ प्रतिशतले घटेको छ । बैंकले रियलस्टेट कर्जा एक अर्ब ५६ करोडमा झारेको छ । बैंकको निक्षेपसँगै कर्जा लगानी वढेका कारण व्याज आम्दानी दोब्बरले वृद्धि भएको हो ।
आम्दानी ११७ प्रतिशतले वढेर १७ करोड २० लाख रुपैयाँ पुगेको हो । बैंकको निक्षेप ५३ प्रतिशतले वढेको छ । बैंकको कुल निक्षेप १७ अर्ब ६९ करोड पुगेको छ । बैंकको नाफामा भएको वृद्धिसँगै प्रति सेयर आम्दानी ३३.१८ रुपैयाँ पुगेको छ । बैंकले सस्तोमा निक्षेप उठाएका कारण पुँजी लागत ९.२८ प्रतिशतबाट घटेर ६.८४ प्रतिशतमा झरेको छ ।

Tata
GBIME
Nepal Life