सुन तोलामा दुई सय बढ्यो, चाँदीमा देखिएन चहलपहल, सोमवार वृद्धि हुने

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
सुन तोलामा दुई सय बढ्यो, चाँदीमा देखिएन चहलपहल, सोमवार वृद्धि हुने

काठमाडौं । आइतबार तोलामा ४५० रुपैंयाले घटेको सुन सोमबार २०० रुपैंयाले बढेको छ । आईतबार  प्रतितोला ५६ हजार २०० मा किनबेच भएको सुन सोमबार ५६ हजार ४०० मा किनबेच भएको छ ।
डलरको तुलनामामा भारतीय रुपैंया कमजोर भएपछि नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो । सुनको मुल्यमा बृद्धि देखिए पनि चाँदीको मूल्य भने स्थिर रह्यो । आईतबार प्रति तोला ८६६ मा किनबेच भएको चाँदी सोमबार पनि सोहि मूल्यमा किनबेच भएको छ ।
अमेरिकी अर्थतन्त्रले अपेक्षा अनुरुपको रोजगार सृजना गर्न नसकेको तथ्यांक सार्वजनिक भए पछि शुक्रबार अन्तराष्ट्रिय बजारमा सुनको मुल्य घटेको थियो त्यसको प्रभाव नेपाली बजारमा आइतबार देखिएको थियो । पछिल्लो समयमा भारतमा अमेरिकी डलरको माग बढन थालेपछि भारतीय रुपैंया कमजोर भएका कारण नेपाली रुपैंया पनि कमजोर भएको छ । भारु डलरसँग कमजोर हुने क्रम यथावत रहे अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा सामान्य गिरावट आए पनि नेपालमा भने सुनको मू्ल्य बढने सम्भावना छ । यद्यपि आइतबार सुनको मुल्यमा प्रति औंस २० सेन्टसम्मको कमि देखिएकोले भारतीय रुपैंया डलरसँग बलियो भएको खण्डमा सुनको मूल्यमा सामान्य गिरावट आउन सक्छ ।
 

Tata
GBIME
Nepal Life