बोइलर कुखुराको आपूर्ति बढ्यो, मासु प्रतिकिेलो १५ रुपैयाँले सस्तो, चल्लाको भाउ पनि घट्यो

बिजमाण्डू
२०६९ कात्तिक १६ गते ००:०० | Nov 1, 2012

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य एक किलोमा १५ रुपैयाँले घटेको छ । चितवन, झापा, रुपन्देही लगायतका क्षेत्रबाट कुखुराको आपूर्ति बढेपछि मासुको मूल्य घटेको हो ।
 कुखुरा बिक्री व्यवसायी संघले विहिवारदेखि लागु हुने गरी कुखुराको मासुको मूल्य १५ रुपैयाँले घटाउने निर्णय गरेको हो । यो निर्णयसँगै उपभोक्ताले ब्रोइलर कुखुराको मूल्य २ सय ३० रुपैयाँमा पाउनेछन् । एक महिनाअघि सम्म कुखुराको मासुको मूल्य २ सय ७० रुपैयाँ सम्म पुगेको थियो ।
दसै सुरु भएपछि कुखुराको मासुको मूल्य लगातार घटिरहेको छ । मासु व्यवसायीले कुखुरापालक किसानलाई जिउँदो कुखुराको प्रतिकिलो १ सय ६५ रुपैयाँ दिइरहेका छन् । यस्तै दानाको भाउ पनि किलोमा डेढ रुपैयाँले घटेको छ भने ब्रोइलर कुखुराको चल्लाको भाउ प्रति गोटा १० रुपैयाँले घटाएको नेपाल दाना उद्योग संघले जनाएको छ ।

Tata
GBIME
Nepal Life