नेपाल वायुसेवाले असोज २७ देखि दुर्गम क्षेत्रमा दैनिक तीस उडान थप्ने

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012
नेपाल वायुसेवाले असोज २७ देखि दुर्गम क्षेत्रमा दैनिक तीस उडान थप्ने


काठमाडौं । नेपाल वायुसेवा निगमले दसैका लागि दुर्गम क्षेत्रमा तीस उडान थप गर्ने भएको छ । यात्रुहरुको चापलाई ध्यानमा राखेर असोज २७ देखि कात्तिक ७ गतेसम्मका लागि उडान थप गर्न लागिएको निगमले जनाएको छ । निगमका अनुसार काठमाडौंबाट ६ र पोखरा तथा नेपालगञ्जबाट ३ गन्तब्यमा उडान थप गर्ने भएको हो ।
निगमले काठमाडौबाट भोजपुरर लामीडाँडामा सात÷सात, खानीडाँडा, थामखर्क, फाप्लु र काङ्लेगडाँडामा दुई÷दुई उडान थप गर्ने भएको छ । निगमले पोखरा–जोमसोम चार उडान थप्ने जनाएको छ । नेपालगञ्जबाट बाजुरा, जुम्ला र चौरजहारी विमानस्थलमा एक÷एक उडान थप गरिने निगमले जनाएको छ ।

Tata
GBIME
NLIC