
काठमाडौं । आगामी पुस १७ गतेबाट ट्रेकिङ मजदुरहरुको दैनिक ज्याला दुइ सय रुपैयाको दरले बढने भएको छ । ट्रेकिङ व्यवसयीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले यो निर्णय गरेको हो ।
असोज १५ गते देखिनै मजुरहरुको ज्याला बढाउने निर्णय भएपनि यस वर्षको ट्रेकिङ सिजन सुरु भइसकेकाले २०१३ बाट मात्रै ज्याला बढाउने निर्णय गरिएको हो । टानले मजदुरहरुको दुर्घटना बिमा र मेडिकल बिमा समेत बढाउने निर्णय गरेको छ ।
टान र मजदुरवीच भएको सम्झौता अनुसार मजदुरको परिचय खुलाइ पञ्जीकृत गर्ने, कल्याणकारी कोषबाट कार्याधिअनुसार रकम दिने, सबै ट्रेकिङ कम्पनीबाट मजदुरको नामावली माग्ने लगाएतका निणर्य भएको छ ।