नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सको काण्डमा एनबी समूहका तीन सहयोगी पक्राउ

बिजमाण्डू
२०६९ असोज २२ गते ००:०० | Oct 8, 2012
नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सको काण्डमा एनबी समूहका तीन सहयोगी पक्राउ

काठमाडौं । राष्ट्र बैंकले तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष रुबी जोशीलाई प्रहरीले बैंकिङ कसुर ऐन अन्तर्गत पक्राउ गरेको छ । प्रहरीले जोशीसहित तीन जना तत्कालीन सञ्चालकलाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अध्यक्ष जोशी, सञ्चालक श्रीरामप्रसाद लामिछाने र गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंस्थित उनीहरुकै निवासबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर हनुमानढोकालाई जिम्मा लगाइएको छ ।
राष्ट्र बैंकले बंगलादेश बैंकसँग गाभिन स्वीकृति दिएपछि श्रीलंकाले एनबी समुहले प्रवद्र्धन गरेको अल्का अस्पताललाई नौ करोड रुपैयाँ ऋण दिएको थियो । प्रक्रिया मिचेर ऋण दिएको पुष्टी भएपछि राष्ट्र बैंकले तत्कालिन सञ्चालक समितिलाई बैंकिङ कसुर ऐन लगाउने निर्णय गरेको थियो।
अर्थमन्त्रालय हुँदै प्रहरीमार्फत कारवाही अगाडि वढाउन राष्ट्र बैंकले एक महिना अघि अर्थमन्त्रालयलाई पत्र पठाएको थियो । ऋण दिँदा श्रीलंकाको कार्यकारी अध्यक्ष रुवी जोशी थिए । उनीसहित सञ्चालक समितिमा पाँच जना थिए । जोशी गायक पनि हुन् ।
अस्पतालको नाममा दिएको ऋण एनबी समुहले लगेको थियो, स्रोतले भन्यो, कागजी रुपमा ऋण लैजाने सबै ‘डमी’ हुन् । अस्पताललाई दिइएको ऋणको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । श्रीलंका मर्चेण्टले आफ्ना सञ्चालकहरुलाई ९० करोड रुपैयाँ ऋण दिएको थियो । यो ऋण उठाउन राष्ट्र बैंकले एनबी बैंकलाई निर्देशन दिइसकेको छ । एनबी बैंकसँग गाभिइसकेपछि यो ऋण त्यता सरेको हो । एनबी बैंकले पनि सञ्चालकलाई दिएको ५० करोड ऋण उठाउन वाँकी छ । दुवै संस्थाको गरेर एनबी बैंकले सञ्चालकसँग १ अर्ब ४० करोड ऋण उठाउन वाँकी छ ।

Tata
GBIME
Nepal Life