आयो आर्थिक वर्षको अन्तिम साता, सेयर बजारका साना लगानीकर्ता होसियार



बिजमाण्डू
२०६९ असार २४ गते ००:०० | Jul 8, 2012
आयो आर्थिक वर्षको अन्तिम साता, सेयर बजारका साना लगानीकर्ता होसियार

काठमाण्डौ । आर्थिक वर्षको अन्तिम साता भएकाले यस साता शेयर बजारमा निक्कै उतारचढाव हुने अनुमान गर्न सकिन्छ । आर्थिक वर्षको सेयर कारोवारको अन्तिम सातामा ऋणीहरुले ऋण तथा ब्याज तिर्नका लागि सेयर बिक्री गर्ने हुनाले यस साता बजारमा उचारचढाव रहने विष्लेशकहरुको अनुमान छ ।

यस्तो थियो बजारः अघिल्ला आर्थिक वर्षमा भएको नेप्सेको कारोवार
अघिल्ला आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साता बजार निक्कै सक्रिय भएको थियो, एक विश्लेषकले भने, आर्थिक वर्षको अन्तिममा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना वित्तीय विवरण राम्रो देखाउनकालागि ठुला ठुला ऋणीहरुलाई ब्याज तथा ऋण तिर्न दवाव दिने भएकाले बिक्री उच्च हुने गरेको छ ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई आउँदो आर्थिक वर्षमा पुनः ऋण दिने आश्वासन दिंदै ऋण तिर्न आग्रह गरेका हुन्छन् । यो आधार यस साता सुरुका तीन दिन  बजारमा निक्कै खरिदबिक्री हुने देखिन्छ । किनभने त्यसपछिका दिन भएका खरिदबिक्रि बापतको रकम चालु आर्थिक वर्षमा प्राप्त गर्न सकिंदैन ।
अघिल्लो वर्षको विवरण हेर्दा असार महिनामा ८७.१३ करोडको कारोवार भएको छ भने एक महिनाको अवधिमा परिसूचक करिव ६० अंकले बढेको देखिन्छ । २०६९ असारको तेश्रो सातासम्म ७८ करोड बराबरको कारोबार भएको छ भने परिसुचक ९ अंकले बृद्धि भएको छ । २०६८ असारको अन्तिम सातामा १७ करोडको हाराहारीमा कारोवार भएको देखिन्छ । २०६८ को अन्तिम कारोबार दिन विहिबार परेकाले त्यस दिन प्राप्त रकम सोहि आर्थिक वर्षमा प्रयोग गर्न सकिने अवस्था थिएन । यस पालि मसान्तको दिन आइतबार परेको हुनाले सुक्रबारसम्म प्राप्त रकम ऋण तथा ब्याज तिर्न सकिने हुनाले अघिल्लो वर्षको अन्तिम साताभन्दा धेरै कारोबार हुनसक्ने देखिन्छ ।
अहिलेको अवस्थामा मुलुकको आर्थिक अवस्थामा सुधार हुन सकेको छैन भने राजनीतिक अन्यौलताका कारण आगामि वर्षको बजेटमा समेत आर्थिक एवं बजार सुधारसम्बन्धि ठुला कार्यक्रम आउने संभावना कम छ । यसैगरी सेयर बजारमा आर्कषणको केन्द्रविन्दुमा रहेका बैंक तथा वित्तीय संस्थामा नाफामा आएको कमिका कारण समेत लगानिकर्तामा सेयरमा लगानी गर्ने उत्साह देखिएको छैन । विषम परिस्थीतीका वावजुद आर्थिक वर्षको अन्तिममा थोरै कारोबार देखाएर कृत्रिम रुपमा मुल्य बढाउने खेल हुन सक्ने हुँदा साना लगानीकर्ता यसतर्फ सचेत हुनुपर्ने देखिन्छ ।

Tata
GBIME
Zonsen