डलर कमजोर भएपछि असर सुनमा, बुधवार पनि सुन प्रतितोला तीन सय रुपैयाँ घट्यो

बिजमाण्डू
२०६९ असोज १७ गते ००:०० | Oct 3, 2012

काठमाडौं । गत सातादेखि लगातार ओरालो लागिरहेको सुनको मुल्य बुधवार पनि तोलामा तीन सय रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि छापावाला सुन प्रति तोलाको ५९ हजार दुइ सय रुपैया तोकेको छ ।
मंगलवार सुन तोलामा एक सय रुपैया घटेर प्रति तोलाको  ५९ हजार पाँच सय रुपैयामा कारोवार भएको थियो । अमेरिकी डलरको तुलनामा नेपाली रुपैया बलियो हँुदै गएपछि नेपालको आन्तरिक बजारमा सुनको मुल्य निरन्तर घटिरहेको छ ।
बुधवार चाँदी तोलामा चार रुपैयाँ घटेर तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको छ । लामो समयसम्म स्थिर रहेको चाँदी मंगलवार तोलामा चार रुपैया बढेर प्रति तोलाको एघार सय ८९ रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life