दशैंका लागि नयाँ नोट वितरण सुरु, २५ अर्ब रुपैयाँका नोट वितरणका लागि तयार

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । केही बैंकहरुले पनि राष्ट्र बैंकबाट नयाँ नोट लगेर वितरण सुरु गरिसकेका छन् । दसैंका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा उपलब्ध गराउने छ । अहिले बजारमा १ सय ८८ अर्ब रुपैयाँ नोट चलन चल्तीमा छ । ४१ अर्ब रुपैयाँ राष्ट्र बैंकको नोट कोषमा छ । यस वाहेक दसैंकै लागि २५ अर्ब नयाँ नोट बजारमा ल्याउन लागेको हो ।
सजिलै नोट पाइन थालेपछि राष्ट्र बैंकको थापाथली कार्यालयमा त्यति भिँड पनि छैन । बैंकहरुमा पनि नयाँ नोटको दवाव छैन । सरकारले कर्मचारीको तलव र दँसै भक्ता दिन थालेपछि नयाँ नोट साट्न दवाव पर्ने छ । निजी क्षेत्रका संस्थाले पनि दसैंको भक्ता र तलव वितरण गरिसकेको छैन । अर्को साताबाट सरकार र निजी कम्पनीहरुले रकम भुक्तानी गरेपछि नयाँ नोट साट्नेको भिड वड्ने छ । राष्ट्र बैंकले जिल्लास्थित सबै कार्यालय, क्षेत्रीय कार्यालय, सबै बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध गराउने छ । गत वर्षको दसैंमा २० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो । यस पटक अलिकति माग वढ्न सक्ने भएकाले २५ अर्ब रुपैयाँ नयाँ नोट निस्कासन गर्न लागेको हो । राष्ट्र बैंकसँग १ सय अर्ब रुपैयाँ बराबरको नयाँ नोट मौज्दात छ ।

Tata
GBIME
Nepal Life