त्रिवेणी विकास बैंकको २३ प्रतिशत लाभांस, १३ प्रतिशत नगद, १० प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०६९ असोज १२ गते ००:०० | Sep 28, 2012

काठमाडौं । त्रिवेणी विकास बैंकले लगानीकर्तालाई १३ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्रिवेणीले गतवर्ष तीन करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । लाभांस वितरणका लागि राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको त्रिवेणीले साधरणसभाबाट अनुमोदन भएपछि वितरण गर्ने छ ।
त्रिवेणीले गतवर्ष तीन करोड १० लाख रुपैयाँको मुनाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकको अहिले चुक्ता पुँजी २१ करोड ५८ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २३ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
भदौ मसान्तसम्म दुई अर्ब रुपैयाँ निक्षेप र एक अर्ब ९१ करोड कर्जा परिचालन गरेको त्रिवेणीका अहिले आठ शाखा सञ्चालनमा छन् भने थप दश जिल्लामा कार्यक्षत्र विस्तार गर्न राष्ट्र बैंकमा निवेदन दिएको छ ।

Tata
GBIME
Nepal Life