रिलायन्स फाइनान्सको सेयर विक्री खुला, छ लाख कित्ता सेयरका लागि आवेदन, ३२ संकलन केन्द्र

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012

काठमाडौं । रिलायन्स फाइनान्सको आइतबारबाट साधारण सेयरको विक्री खुला भएको छ । फाइनान्सले ६ लाख कित्ता साधारण सेयर निस्कासन गरेको हो । सय रुपैयाँ अंकित दरका सेयर खरिद गर्ने फारमहरु ३२ वटा संकलन केन्द्रबाट पाइन्छ । कम्पनीको निस्कासन तथा विक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ र नागरिक लगानी कोष हो । कम्पनीको सेयर खरिदका लागि न्युनतम ५० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयर विक्रीपछि पुँजी २० करोड पुग्ने छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले गत वर्ष ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Tata
GBIME
Nepal Life