मुन्चाको भर्चूअल मल, नेपालभरी डेलिभरी, सामान छानीछानी, मन नपरे फिर्ता

बिजमाण्डू
२०६९ असोज ५ गते ००:०० | Sep 21, 2012

काठमाडौं । नेपाली इ–कमर्स कम्पनी मुन्चा डटकमले अनलाईन मल सेवा भर्चूअल मल सुरु गरेको छ । कम्पनीका अनुसार भर्चूअल मलमा विधुतिय उपकरण, विभिन्न ब्राण्डका स्वदेशी तथा विदेशी पेय पदार्थ, लत्ता कपडा, मोबाइल फोन, छालाका सामाग्री, ल्यापटप कम्प्युटर लगायतका घरायसी र दैनिक उपभोग्य सामाग्री समावेश गराइएको छ । भर्चूअल मल मार्फत किनिएका सामान मन नपरेमा फेरवदल समेत गर्न मिल्ने सुविधा उपलब्ध गराइएको छ । विधुतिय सामाग्री खरीद गरिएको दुई दिन सम्म तथा लत्ता कपडा सात दिनसम्म साट्न मिल्ने सुविधा कम्पनीले दिएको छ ।
भर्चुअल मलबाट खरीद गरिएका सामानहरु काठमाडौं भित्र वा नेपालका अन्य स्थानमा डेलिभरी गरिदिने जिम्मा मुन्चाले नै लिएको छ । उपत्यका भित्र मुन्चा आफैले र उपत्यका बाहिर कुरियर मार्फत डेलिभरी सेवा उपलब्ध हुनेछ । सेवाग्राहीले सामानको डेलिभरी लिंदा लाग्ने यातायात खर्च आफैले व्यहोर्नु पर्नेछ । सोधपुछ तथा अन्य जानकारीका लागि फोन तथा ईमेल मार्फत २४ सै घण्टा सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरुले सामानको डेलिभरी भएपछि मात्रै भुक्तानी दिने व्यवस्था समेत भएको कम्पनीको भनाई छ । क्रेडिट/डेविट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत भुक्तानी गर्न सक्ने तथा इन्टरनेट बैंकिङ्ग मार्फत समेत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ

Tata
GBIME
Nepal Life