निर्वाचन मंसिर ४ गतेका लागि तोक्ने तयारी, ‘मन्त्रिपरिषद्बाट चाँडै निर्वाचन घोषणा हुन्छ’



बिजमाण्डू
२०७९ साउन १० गते १७:२६ | Jul 26, 2022

काठमाडौं। सरकारले आमनिर्वाचनको मिति तोक्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले अबको केही दिनमै मन्त्रिपरिषदबाट निर्वाचनको मिति घोषणा हुनसक्ने बताए।

Tata
GBIME
Nepal Life

‘आउँदो क्याबिनेटको बैठकबाट मंसिर ૪ गते निर्वाचन तोकिए अचम्म नमाने हुन्छ,’ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने। पछिल्ला निर्वाचन मितव्ययी बन्दै गएकोले कम खर्चमै निर्वाचन सम्पन्न हुन थालेको उनको भनाई रह्यो।

‘पछिल्ला सबै निर्वाचनमध्ये मितव्ययी एकै चरणमा निर्वाचन गर्दा कम खर्च भयो,’ थपलियाले भने, ‘ढुवानीमा सडक यातायातको प्रयोग

सामाग्री खरिदमा खुला प्रतिस्पर्धामा हुँदा कम समयमा निर्वाचन भयो।‘

यसपटक पनि कम खर्चमै निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग रहेको उनको भनाई थियो। थपलियाले अघिल्लो निर्वाचनको मतपेटिका प्रयोग गरेर खर्च घटाउन सकिने मत राखे। ‘७० सालकै पतपेटिका पनि हामी प्रयोग गर्छौ,’ उनले भने, ‘आउने निर्वाचनमा धेरै अहिलेकै प्रयोग गर्न सक्छौं।‘

निर्वाचनको बजेट भने मिति तय भइसकेपछिमात्र तोकिने उनले बताए। मतमत्रमामात्रै ८ करोड रुपैयाँ लाग्न सक्ने थपलियाको भनाई रह्यो।

‘निर्वाचनको मिति तय भएपछि निर्वाचनको बजेटबारे कुरा गर्छौ,’ उनले भने, ‘आउँदो निर्वाचनमा ८ करोडको मतपत्र छाप्न पर्छ।‘