प्राविधिक समस्या आएको बुद्धको एटिआर पार्किङमा ल्याइयो, भैरहवामा रात्रीकालीन उडान सामान्य

बिजमाण्डू
२०७९ बैशाख १७ गते २१:११ | Apr 30, 2022
प्राविधिक समस्या आएको बुद्धको एटिआर पार्किङमा ल्याइयो, भैरहवामा रात्रीकालीन उडान सामान्य


काठमाडौं। भैरहवा-काठमाडौं  उडानका क्रममा टायर पड्किएर धावन मार्गमै राखिएको बुद्ध एयरको जहाज पार्किङ वेमा ल्याइएको छ। 

Vigo
GBIME
Tata

प्राविधिक टोलीले  जहाजको पाङ्ग्रा फेरेर पार्किङमा ल्याएलगत्तै रात्रि उडान सामान्य अवस्थामा रहेको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए। 

'जहाजको टायर फेरेर पार्किङमा ल्याइसकिएको छ। कम्पनी  र हवाई सुरक्षा विभागका प्राविधिक टोलीले जहाज निरीक्षण गरेपछि मात्र उडान गर्न दिइनेछ,' प्रमुख दाहालले भने। 

उनका अनुसार आज यो गन्तव्यमा हुनुपर्ने विभिन्न वायुसेवाका कुल ३८ वटा उडान अवतरणमध्ये सो समाचार तयार पार्दासम्ममा ३० वटा सम्पन्न भइसकेका छन्। बाँकी आठवटा पनि सुरु भइसकेको उनले जानकारी दिए।  

शनिबार दिउँसो बुद्धको भैरहवा-काठमाडौं उडान गर्ने क्रममा ९एन-एजेएस कलसाइनको एटिआर जहाजको पांग्रा पड्किएपछि केही अवधि उडान प्रभावित भएको थियो।