स्पेनिस ला लिगामा रियल मड्रिड आफ्नै घरेलु मैदानमा अलाभेससँग २-१ गोलले पराजित भएको छ। आइतबार भएको खेलमा अलाभेसले रियललाई स्तब्ध पार्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो।
खेलको २२औँ मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६१औँ मिनेटमा एन्जल पेरेजले गोल थपेपछि अलाभेस २-० ले अघि बढ्यो।
रियलका लागि ६९औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेलमा फर्कने आशा जगाए। तर त्यसपछि थप गोल गर्न नसक्दा रियलले हार बेहोर्नुपर्यो।
खेलको ८८औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि जुड बेलिङ्घम मैदानबाट बाहिरिएका थिए। बराबरी गोलको खोजीमा रहेको रियलले अन्तिम समयमा एक खेलाडी कम भएर खेल्नुपरेको थियो। यस हारले रियलको घरेलु मैदानमै अंक गुमाउने क्रम थपिएको छ।
पराजित भएपछि मड्रिडले शीर्षस्थानमा पुग्ने मौका गुमाएको हो। अंकतालिकामा क्रमश ३६, ३४ र ३३ अंकसहित बार्सिलोना, एट्लेटिको मर्डिड र रियल मड्रिड शीर्ष तीनमा छन्। यो खेल जितेको खण्डमा मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्ने थियो।










