नागढुंगा-मुग्लिन सडक अन्तर्गत घोप्टेभिरको जोखिमपूर्ण भाग हटाउन अझै तीन दिन लाग्ने

बिजमाण्डू
२०८३ मंसिर ९ गते १५:३५ | Nov 25, 2026
नागढुंगा-मुग्लिन सडक अन्तर्गत घोप्टेभिरको जोखिमपूर्ण भाग हटाउन अझै तीन दिन लाग्ने

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभिरको जोखिमपूर्ण भाग पन्छाउन अझै तीन दिन लाग्ने भएको छ।

GBIME
Tata

नागढुंगा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएका कारण काम गर्न कठिन भएकाले जोखिमपूर्ण भाग हटाउन अझै तीन दिन लाग्ने भएको हो। ‘थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ,’ उनले भने।

घोप्टेभिरमा गत शनिबारदेखि दिउँसो दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ। सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको हो। मंगलबार माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरिएको थियो। पहिरो पन्छाइ स्काभेटरबाट निकालिएको छ।

चुम्लिङ्टार र कुरिनटारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ। १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्न स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्न थालिएको हो। रासस