काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा १० जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन्। आईपीएलले जारी गरेको सूचीअनुसार नेपालसहित यूएई, नेदरल्याण्ड्स, क्यानडा, जापान र स्कटल्याण्डजस्ता एसोसिएटले खेलाडी दर्ता गरेका हुन्।
अरु एसोसिएटमा अमेरिकाबाट सर्वाधिक १३, यूएई र नेपालबाट १०/१०, नेदरल्याण्ड्सबाट ३ तथा क्यानडा, जापान र स्कटल्याण्डबाट समान २ खेलाडी दर्ता भएका छन्। खेलाडीको नामावली भने सार्वजनिक भएको छैन।
नेपालबाट हालसम्म सन्दीप लामिछानेले मात्रै आईपीएल खेलेका छन्।
यसपाला भारतबाट सर्वाधिक ९३९ खेलाडी दर्ता हुँदा अस्ट्रेलियाबाट ५३, दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इण्डिजबाट ३६, न्युजिल्याण्डबाट २५, अफगानिस्तानबाट २३, श्रीलंकाबाट २१, इङ्ग्ल्याण्डबाट १६, बंगलादेशबाट १२, आयरल्याण्डबाट ७ तथा जिम्बाब्वेबाट ६ खेलाडी दर्ता भएका छन्।










