काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को इकाइ निष्कासन गरेको छ। क्यापिटलले बुधबारदेखि प्रति इकाइ अंकित मूल्य १० रुपैयाँमा नबिल ग्रोथ फण्डको इकाइमा आवेदन खुलाएको हो।
नबिल ग्रोथ फण्डको कुल निष्कासन आकार १० करोड इकाइले हुन आउने १ अर्ब रुपैयाँ बराबर छ। कुल निष्कासन मध्ये बिउ पुँजी वापत न्यूनतम् १५ करोड इकाइले हुन आउने १५ प्रतिशत मध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई १ प्रतिशत सुरक्षित गरिएको छ।
बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणलाई आवेदन खुलाइएको छ। लगानीकर्ताले मंसिर १४ गतेसम्म इकाइमा आवेदन दिन सक्नेछन्। यस अवधिमा आवेदन नपरे मंसिर २३ गतेसम्म इकाइ निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
नबिल ग्रोथ फण्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो। सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले इकाइ खरिद बिक्री गर्न सक्नेछन्।










