भारतको सवा दुई खर्ब सहायतामा अधिकांश ऋण, विपद्‍पछिको पुनर्निर्माणमा अनुदान ५६ अर्ब

बिजमाण्डू
२०८३ मंसिर ७ गते १६:३४ | Nov 23, 2026
भारतको सवा दुई खर्ब सहायतामा अधिकांश ऋण, विपद्‍पछिको पुनर्निर्माणमा अनुदान ५६ अर्ब

काठमाडौं। भारतले नेपाललाई दिने घोषणा गरेको सवा २ खर्ब सहायतामा ऋणको अंश धेरै देखिएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तापछि सोमबार अपराह्न दुई देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार भारतले ५६ अर्ब मात्रै अनुदान दिने भएको हो।

भारतले विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि ५६ अर्ब रुपैयाँ अनुदान दिने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। बाँकि १ खर्ब ८४ अर्ब रुपैयाँ भने सहुलियतपूर्ण ऋण हो। यो ऋण सहायता ऊर्जा क्षेत्रका परियोजना खर्च हुने प्रेस विज्ञप्तिमा उल्लेख छ।

मोदीले बालेनसँगको वार्तापछि पत्रकार सम्मेलनमा नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भन्दै २४ हजार करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

भारतले दिने सहयोग रकम कसरी खर्च गर्ने भन्ने विषयमा कार्यविधि बनाइनेछ। ‘यस विकास सहायताअन्तर्गतका विशिष्ट परियोजना र सहायता प्रदान गर्ने कार्यविधि आपसी परामर्शका माध्यमबाट टुंगो लगाइनेछ’ संयुक्त वक्तव्यमा भनिएको छ।

नेपालले बुटवल-पोखरा एक्स्प्रेसवेका लागि लागि सहयोग मागेकामा भारतले अस्वीकार गरेको छ। बुटवल-पोखरा एक्स्प्रेसवेको विषय संयुक्त वक्तव्यमा छैन।