६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास, ५ वर्षभित्र सम्पन्न हुने

बिजमाण्डू
२०८३ मंसिर ७ गते १३:४७ | Nov 23, 2026
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास, ५ वर्षभित्र सम्पन्न हुने

काठमाडौं। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार दुई देशका प्रधानमन्त्रीले आयोजना शिलान्यास गरेका हुन्।

GBIME
Tata

यो आयोजना निर्माणका लागि यसअघि नै भारतीय कम्पनी सिभिल डी आर अग्रवालले ठेक्का पाएर कर्मचारी परिचालन गरिसकेको छ। आयोजना ५ वर्षमा सम्पन्न हुने विश्वास छ।

आयोजनाको लाइसेन्स भारतीय कम्पनी सतलज जलविद्युत निगमले लिएको थियो। आयोजनाबाट २१.९ प्रतिशत बिजुली नेपालले नि:शुल्क पाउनेछ।