काठमाडौं। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार दुई देशका प्रधानमन्त्रीले आयोजना शिलान्यास गरेका हुन्।
यो आयोजना निर्माणका लागि यसअघि नै भारतीय कम्पनी सिभिल डी आर अग्रवालले ठेक्का पाएर कर्मचारी परिचालन गरिसकेको छ। आयोजना ५ वर्षमा सम्पन्न हुने विश्वास छ।
आयोजनाको लाइसेन्स भारतीय कम्पनी सतलज जलविद्युत निगमले लिएको थियो। आयोजनाबाट २१.९ प्रतिशत बिजुली नेपालले नि:शुल्क पाउनेछ।