नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। भारतको राजकीय भ्रमणमा रहेका बालेन र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा भेटवार्ता भइरहेको हो।

भेटवार्तामा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी छन्।

भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन्।
त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री बालेनलाई मोदीले स्वागत गरेका थिए। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका छ।
बालेनको सम्मानमा मोदीले अपराह्न दिवाभोज राखेका छन्।










