काठमाडौं। पृथ्वी राजमार्गमा मंसिर ५ देखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभिरमा लगातार सुक्खा पहिरो खसेका कारण शनिबारबाट अर्को सूचना नभएसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको हो।
कार्यालयले जोखिमयुक्त ढुंगा माटो हटाउनका लागि दिउँसोको समयमा आवागमन बन्द गर्ने निर्णय गरेको बताएको छ।










