BIZMANDU
www.bizmandu.com

नागढुंगा-मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द

२०८३ मंसिर ४

नागढुंगा-मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द
नागढुंगा-मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द

काठमाडौं। पृथ्वी राजमार्गमा मंसिर ५ देखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

GBIME
Tata

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभिरमा लगातार सुक्खा पहिरो खसेका कारण शनिबारबाट अर्को सूचना नभएसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको हो।

कार्यालयले जोखिमयुक्त ढुंगा माटो हटाउनका लागि दिउँसोको समयमा आवागमन बन्द गर्ने निर्णय गरेको बताएको छ।