बालेनको राजकीय भ्रमणमा सरकारी टोली ३४ सदस्यीय, को-को जाँदैछन् भारत?

बिजमाण्डू
२०८३ मंसिर ४ गते १२:०२ | Nov 20, 2026
बालेनको राजकीय भ्रमणमा सरकारी टोली ३४ सदस्यीय, को-को जाँदैछन् भारत?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। 

GBIME
Tata

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री बालेन आइतबार अपराह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जाने जानकारी दिएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत रहने तय भएको छ।

‘सरकारी भ्रमण दल ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट राजदूतसहित केही अधिकारी थपिनेछन्,’ उनले भने।

बालेनको टोलीमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी पनि जाने भएका छन्। उद्योगी व्यवसायीले हवाई भाडा र होटल खर्च आफैं बेहोर्नेछन्। यसबाहेक संचारकर्मी पनि आफ्नो खर्चमा बालेनसँगै जाँदैछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।

मोदीले बालेनको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। बालेनसँग भारतका विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्ने तय भएको छ। बालेन ७ गते स्वदेश फर्किनेछन्।