फाइनल पुग्न जित्नै पर्ने खेलमा सुदूरपश्चिमविरुद्ध टस जितेर चितवन ब्याटिङमा

बिजमाण्डू
२०८३ मंसिर ३ गते १६:४१ | Nov 19, 2026
फाइनल पुग्न जित्नै पर्ने खेलमा सुदूरपश्चिमविरुद्ध टस जितेर चितवन ब्याटिङमा
टसका क्रममा सुदूरपश्चिम र चितवनका कप्तान।

काठमाडौं। चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

इलिमिनेटमा काठमाडौं गोर्खाजलाई हराएको चितवनले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। क्वालिफायरमा लुम्बिनीसँग हारेको सुदूरपश्चिमले भने टोलीमा दुई परिवर्तन गरेको छ।

आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउने छ। पराजित हुने टोली बाहिरिने छ। पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनी यसअघि नै फाइनल पुगिसकेको छ।

चितवन प्लेइङ ११

रवि बोपारा (कप्तान), कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेककुमार यादव,  रन्जित कुमार, सलाउद्दीन खान, कमिल मिरशा,  उस्मा मीर, डेभिड मलान

सुदूरपश्चिमको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, फाबियन एलेन, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दिपक बोहरा र जर्ज मुन्से।