रेमिटेन्स २७.२ प्रतिशतले वृद्धि, असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रुपैयाँ

बिजमाण्डू
२०८३ मंसिर ३ गते १६:५६ | Nov 19, 2026
रेमिटेन्स २७.२ प्रतिशतले वृद्धि, असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रुपैयाँ

काठमाडौं। चालु आर्थिक वर्ष रेमिटेन्स २७.२ प्रतिशतले बढेको छ। तीन महिनामा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ बराबर रेमिटेन्स असोज महिनामा भित्रिएको हो।

GBIME
Tata

पोहोर असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

यो वर्ष साउनदेखि असोजसम्म वैदेशिक रोजगारीका लागि १ लाख २१ हजार ८७९ जनाले अन्तिम श्रम स्वीकृति र ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यो संख्या गत वर्ष सोही अवधिमा क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ थियो।