काठमाडौं। पुँजीगत लाभकर ३८.६ प्रतिशतले घटेको छ। सेयर बजार घट्दा आर्थिक वर्ष २०८३/८४ को चार महिनामा सेयर कारोबारबापत हुने सरकारको आम्दानीमा गिरावट आएको हो।
सरकारले चालु वर्ष साउनदेखि कात्तिकसम्म २ अर्ब ७ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। जबकि पोहोर चार महिनामा ३ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको थियो।
यो वर्ष कात्तिकमा पुँजीगत लाभकर १५.६१ प्रतिशतले घटेर ३२ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। कात्तिकमा जम्मा ११ दिन मात्र सेयर कारोबार भएको थियो। पोहोर कात्तिकमा ३८ करोड ५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो।
सीडीएससीका अनुसार यो वर्ष भदौमा सबैभन्दा धेरै ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ। यो रकम पोहोर भदौको भन्दा ५.२० प्रतिशत धेरै हो। गत वर्ष भदौमा सेयर किनबेचबाट सरकारले ६० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएर भदौ मसान्तमा ५० प्रतिशत घटाएको थियो।
दुई आर्थिक वर्षको चार महिनामा सरकारलाई प्राप्त पुँजीगत लाभकर रु लाखमा
| महिना | २०८३/८४ | २०८२/८३ | फरक % |
| साउन | ६,२४९ | २१,५७५ | -७१.०४ |
| भदौ | ६३२७ | ६०१४ | ५.२ |
| असोज | ४९८६ | २४३९ | १०४.४३ |
| कात्तिक | ३,२११ | ३,८०५ | -१५.६१ |
| कुल | २०,७७३ | ३३,८३३ | -३८.६ |









