चोटका कारण सोमपालले खेल्न नपाउने भए एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स

बिजमाण्डू
२०८३ मंसिर ३ गते १२:५६ | Nov 19, 2026
चोटका कारण सोमपालले खेल्न नपाउने भए एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स
तस्बिर : क्यान।

काठमाडौं। चोटका कारण सोमपाल कामीले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ गुमाउने भएका छन्। उनको स्थानमा मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

GBIME
Tata

क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको हो। उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा टिमको अन्तिम खेलमा घाइते भएका थिए।

उनी कप्तान रहेको कर्णाली याक्सले चितवन राइनोजसँग खेलेर आफ्नो एनपीएल यात्रा टुंगाएको थियो। जुन खेलमा कर्णाली २४ रनले विजयी भएको थियो।

क्यानका अनुसार प्रतियोगिताका लागि यसअघि नै टोलीमा परेका प्रतिश जीसी भने नेपाली टोलीमा यथावत् छन्। यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको छ।

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ नोभेम्बर १९ देखि २९ सम्म कतारमा आयोजना हुँदैछ।